बैतडीमा फ्रान्सेली नागरिकले बनाइदिए आइसीयुसहितको अस्पताल 



Download our app to get more features

बैतडी, २८ माघ । बैतडीमा पहिलो पटक निजी लगानीमा आइसीयुसहितको अस्पतालमा स्थापना भएको  छ।  वरिष्ठ सर्जन र स्त्रीरोग विशेषज्ञले सेवा दिने गरी निको अस्पतालको सोमबार उद्घाटन  भएको छ। 
बैतडी शाहीलेकस्थित यो अस्पताल फ्रान्सेली नागरिक डा. बर्नाड जेफको व्यक्तिगत लगानीमा सञ्चालनमा आएको हो।

अस्पतालले जनरल सेवाका साथै सर्जरीलगायतका सेवा पनि प्रदान गरिने अस्पतालका डा. ग्रीसले बताइन् । कमजोर आर्थिक अवस्था भएका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने हिसाबले अस्पताल सञ्चालनमा ल्याइएको उनले बताइन्। 

आइसीयुसहित २५ शैयाको अनुमति पाएको अस्पतालले तत्काल १५ शैयाबाट सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका सदस्य राजेन्द्र खत्रीले बताए । न्यूनतम शुल्कमा सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याएको संचालकले बताएका छन्। 

जिल्लामा ठूलो अस्पताल नभएका बेला निजी क्षेत्रबाट खुलेको अस्पतालले उपचारका लागि भारत जाने बाध्यताको केही हद सम्म अन्त्य हुने स्थानीयले विश्वास लिएका छन्। 

Last modified on 2020-02-11 15:52:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts