चीनबाट फर्कने नेपालीको विषयमा स्वास्थ्य मन्त्रालयको तयारी अन्तिम चरणमा

स्वास्थ्य जाँचकालागि खटिने स्वास्थ्यकर्मीलाई आजबाट प्रशिक्षण दिइँदै



Download our app to get more features

काठमाडौं, २७ माघ । चीनबाट फर्किने नेपालीको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएको छ । 

कोरोनाभाइरस प्रभावित चीनको वुहान राज्य र आसपासका क्षेत्रमा रहेका नेपालीको विषयमा मन्त्रालयले आफ्नो तर्फबाट तयारी पूरा गरेको जनाएको छ ।

चीनको कोरोनाभाइरस प्रभावित क्षेत्रबाट नेपाल फर्कने नेपालीको स्वास्थ्य जाँचमा खटिने स्वास्थ्यकर्मीलाई आजबाट प्रशिक्षण दिँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस प्रभावित क्षेत्रबाट फर्कने नेपालीको स्वास्थ्य जाँचमा खट्दा अपनाउनुपर्ने सावधानि र हेरचाहबारे कसरी रेखदेख गर्ने त्यो विषयमा मन्त्रालयले आजबाट स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख सागर दाहालले कोरोनाभाइरस प्रभावित नेपाली स्वदेश फर्कदा उनीहरुको स्वास्थ्य जाँचमा खटिने स्वास्थ्यकर्मीलाई र अन्य व्यक्तिलाई कोरोनाभाइरसको संक्रमण नहोस् भन्ने विषयमा प्रशिक्षण दिन लागिएको हाम्रो डाक्टर न्यूजलाई बताए । 

उनले प्रशिक्षणमा एम्बुलेन्स चालकदेखि उपचार र हेरचाहमा खटिने झन्डै ५० जना भन्दा बढीलाई प्रशिक्षण दिइने जानकारी गराए । दाहालले भने, ‘नेपालीलाई राखिने क्वारेन्टाइनदेखि हरेक विषयमा मन्त्रालयको तर्फबाट तयारी पूरा भइसकेको छ । अब नेपाली स्वदेश फिर्ता होउञ्जेल प्रशिक्षण पनि सकिन्छ । र हामीलाई कुनै समस्या हुँदैन ।’

यसैबीच, चीनबाट नेपालीलाई फर्काउने विषयमा भने परराष्ट्र मन्त्रालयको तर्फबाट अझै समन्वय हुन सकेको छैन । मन्त्रालयका एक कर्मचारीका अनुसार चीन सरकारसँग मन्त्रालयले अहिलेसम्म कुनै सम्वाद नगरेका कारण ढिलाई भइरहेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts