भरतपुर अस्पतालमा ९२ जनाले गरे निःशुल्क स्थायी बन्ध्याकरण 



Download our app to get more features

चितवन, २६ माघ । चालु आर्थिक वर्षको ६ महिनामा भरतपुर अस्पतालमा ९२ जनाले निःशुल्क स्थायी बन्ध्याकरण गरेका छन् । 

जसमा पुरुष स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ गर्ने ९० जना र महिला स्थायी बन्ध्याकरण ‘मिनील्याप’ गर्ने २ जना रहेका संस्थागत परिवार नियोजन क्लिनिकका कार्यक्रम संयोजक राजकुमार ढुङ्गानाले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । जसमध्ये माघ महिनामा मात्र निःशुल्क स्थायी बन्ध्याकरण गराएको संख्या ४४ जना रहेको उनले बताए।

भरतपुर अस्पतालको आयोजनामा ६ दिने निःशुल्क स्थायी बन्ध्याकरण शिविर समेत सञ्चालन भएको छ । माघ १९ गते आइतवारदेखि २४ गतेसम्म ६ दिन निःशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन भएको हो ।अस्पतालमा आइतवार र बुधवार नियमित रूपमा भ्यासेक्टोमी सेवा सञ्चालन हुँदै आएको छ । विशेषज्ञको अभावमा लामो समय देखि सञ्चालन हुन नसकेको मिनील्याव अबदेखि प्रत्येक मंगलवार सञ्चालन हुने अस्पतालले जनाएको छ।सन्तानको रहर पुगिसकेका पुरुष र महिलाले स्थायी बन्ध्याकरण गर्न सक्नेछन् । भ्यासेक्टोमी वा मिनील्याव दुवैले दैनिक जीवनमा त्यस्तो कुनै असर पार्दैन । मिनील्याप सेवा लिन आउने दिन सेवाग्राही खालीपेट आउनुपर्ने छ । अस्पतालमा डा। जगनाथ तिवारी र डा। सुजन अधिकारीको नेतृत्वमा स्थायी बन्ध्याकरण हुदैं आएको छ। भरतपुर अस्पताल मध्यनेपालमा अवस्थित केन्दिय अस्पताल हो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts