सर्पदंशका बिरामी ह्वात्तै बढे

What's This?


Download our app to get more features

काठमाण्डौं, १२ असार । वर्षा सुरु भएसँगै उपत्यका र आसपासका जिल्लाबाट उपचार गर्न अस्पताल आउने सर्पदंशका बिरामीको संख्या ह्वात्तै बढेको छ । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार जेठ महिनाको अन्तिम सातासम्म फाट्टफुट्ट रुपमा यस्ता बिरामी आउने गरेकोमा असार लागेसँगै दैनिक औसतमा १० जना सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । जब कि यो संख्या गत वर्ष यही समयको तुलनामा तेब्बरभन्दा बढी हो । 

सो अस्पतालका रिर्सच सेन्टरका प्रमुख डा. शेरबहादुर पुनले अघिल्लो वर्ष असारको सुरुका हप्तामा दैनिक दुई/तीन जनाका दरले सर्पदंशका बिरामी आउने गरेको बताए । उनले आश्चर्य प्रकट गर्दै भने ‘असारको मध्यपछि दैनिक छ\सात पुगेका थिए तर यसपटक त असारको सुरुमै दैनिक १०\११ जना यस्ता बिरामी आउने गरेको छ ।’ उनले गत वर्ष असार महिनाभर जम्मा ८० जना सर्पदंशका बिरामी आएकोमा यो वर्ष असार १० गतेसम्म झन्डै एक सय जना यस्ता बिरामी उपचारका लागि आएको जानकारी दिए । 

अस्पतालका अनुसार उपचारका लागि अस्पताल आउने सर्पदंशका बिरामीमध्ये अधिकांश कम विषालु वा विष नलाग्ने सर्पले टोकेका बिरामी आउने गरेका छन् भने कोहीकोही गोमन र अन्य सर्पले टोकेका बिरामी आउने गरेका छन् । 

गोरखापत्र दैनिकबाट

Last modified on 2016-06-26 06:43:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts