ग्याष्ट्रिक उपचारका धेरैजसो आयुर्वेदिक चुर्ण र एलोपेथिक औषधि गुणस्तरहीन 

What's This?


Download our app to get more features

काठमाडौं, २६ माघ ।ग्याष्ट्रिक उपचारका लागि बजारमा बिक्री भइरहेका आयुर्वेदिक चुर्ण तथा एलोपेथिक औषधि धेरैजसो गुणस्तरहीन रहेको पाइएको छ । औषधि व्यवस्था विभागको पछिल्लो अनुगमनका क्रममा आयुर्वेदिक चुर्ण तथा एलोपेथिकका औषधि बढी मात्रामा गुणस्तरहीन फेला परेको हो । विभागले हरेक चार महिनामा अनुगमन गर्दै आएको छ । 

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार अनुगमनका क्रममा केही वर्षयता विभिन्न कम्पनीले उत्पादन गरेका औषधिहरू न्यून गुणस्तर तथा गुणस्तरहीन पाइएका हुन् । यही कारण पनि विभागले अनुगमनलाई कडाईं गरेको केसीको तर्क छ। हाल नेपालमा औषधि उत्पादनका लागि ६३ कम्पनी दर्ता भएका छन् । त्यसमध्ये ३५ औषधि कम्पनी मात्रै कुशल औषधि उत्पादक कम्पनीमा परेको केसी बताउँछन् । 

अनुगमनका क्रममा कैफियत देखिएका कम्पनीहरूलाई कसूरको मात्रा हेरी निलम्बन गर्ने, सचेत गराउने तथा औषधि उत्पादक कम्पनीको दर्ता नै खारेज गराउनेलगायतका काम विभागले गर्नेछ। पछिल्लो चौमासिक (भदौं–मंसिर) मा विभागले गरेको अनुगमन अनुसार ग्याष्ट्रिकका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक तथा एलोपेथिक औषधिहरु बढी मात्रामा गुणस्तरहीन भटिएको विभागका सूचना अधिकारीको भनाइ छ । एलोपेथिकमा एसिलक, प्रोर्याब र र्यापिड नामक औषधिहरु पर्छन् भने आयुर्वेदिकमा त्रिपला चूर्ण, महासुदर्शन चूर्ण, सर्भरादी चूर्णलगायत छन्। 

यसकारण गुणस्तरहीन
औषधि उत्पादनमा भन्दा पनि सही तरिकाबाट भन्डारण नहुँदा गुणस्तरहीन हुन पुगेको सूचना अधिकारी केसीको दावी छ । ३५ औषधि उत्पादक कम्पनीले मात्रै कुशल औषधि उत्पादकको मान्यता पाएका छन्। 
 

Last modified on 2020-02-09 16:51:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts