बाजुरामा भाईरल ज्वरोका कारण नभइ दमका कारण दुईजनाको मत्यु भएको पुष्टि



Download our app to get more features

धनगढी, २६ माघ । जिल्ला प्रशासन कार्यालय बाजुराले भाईरल ज्वरो तथा रुघाखोकी कारण हालसम्म कसैको मृत्यु नभएको जनाएको छ ।

गृह मन्त्रालयको विपद् अध्ययन, जोखिम न्यूनिकरण तथा पुर्नलाभ शाखालाई जानकारी दिँदै जिल्लामा रुघाखोकी तथा भाइरल ज्वरोका कारण कसैको पनि मृत्यु नभएको जनाएको हो । भाइरल ज्वरोले मृत्यु भएका भनिएका स्वामीकात्तिक खापर गाउँपालिका १ का ५५ वर्षका मिमा कडारा र ९० वर्षीय दलबहादुर रावलको दीर्घरोग दमको कारणले मृत्यु भएको  बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले बताए ।

उनका अनुसार हाल सम्म जिल्लामा फैलिएको भाईरल ज्वरो र रुघाखोकीबाट प्रभावित चार सय ४७ जनाको उपचार गरिएको छ । यता प्रदेशको सामाजिक विकास मन्त्रालयले पनि भाईरल ज्वरो नियन्त्रणमा आईसकेको जनाएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts