नेपाल जनस्वास्थ्य संघ प्रदेश ५ को प्रथम साधारणसभा सम्पन्न

रुपन्देही, २६ माघ । नेपाल जनस्वास्थ्य संघ नेफा प्रदेश ५ को प्रथम साधारण सभा तथा भेला बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा संघको पछिल्लो एक वर्षका काम बारे समीक्षा गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यको दरवन्दीको अवस्था, अन्य स्वास्थ्य संघ संस्थासँगको सहकार्य, जनस्वास्थ्य विषयको गुणस्तरमा वृद्धि लगायत विषयमा बोलेका थिए । कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका केन्द्रीय महासचिव महेश्वर श्रेष्ठले जनस्वास्थ्य क्षेत्रमा केही वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै कुराहरु परिर्वतन भएको बताए । सुरुवाती चरणमा जनस्वास्थ्य विषयको २ वर्षे पाठ्यक्रम रहेकोमा अहिले ४ वर्षको भएको भन्दै विस्तारै पढाईको गुणस्तरमा वृद्धि भईरहेको बताए ।
जनस्वास्थ्य विषय हरेक क्षेत्रमा चाहिने एक महत्वपूर्ण विषय भएपनि ओझेलमा परेको बताउदै उनले पछिल्लो समयमा अन्य नर्सिङ्ग, स्वास्थ्य सहायक, फिजीयोथेरापी लगायतका क्षेत्रसँग समान व्यवहार भइरेकोमा खुसि लागेको बताए । उनले अन्य स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य विषयक आधारभूत शिक्षाको कमि देखिएको भन्दै यसको विकासमा जनस्वास्थ्य संघले राम्रो गृहकार्य गर्नुपर्ने सुझाव दिए । स्वास्थ्य संघ संस्थासंग सहकार्य गरेर जनस्वास्थ्य क्षेत्रलाई अगाडि बढाउने आवश्यकता रहेको भन्दै उनले जनस्वास्थ्य क्षेत्रसंग सम्बन्धीत सबैजना एक हुनुपर्ने धारणा राखे ।
प्रदेश ५ को सामाजीक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले संघले प्रदेशको स्वास्थ्य नीति विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । साथै आउँदा दिनमा जनस्वास्थ्य क्षेत्रलाई माथि उठाउन आफू निरन्तर प्रयासरत रहने धारणा राखे ।
कार्यक्रममा जनस्वास्थ्य संघ प्रदेश ५ कार्यसमितीका अध्यक्ष विशाल सुवेदी, उपाध्यक्ष कृष्ण पोखे्रल, प्रदेश ५ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाई, प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा राजेन्द्र गिरी, राष्ट्रिय जनस्वास्थ्यकर्मी संघ नेपाल प्रदेश ५का संयोजक राजकुमार पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ प्रदेश संयोजक धुर्व पोखे्रल, नेपाल नर्सिङ्ग संघ बुटवल ईकाई कमिटी अध्यक्ष कुमारी हरि केसी, महिला स्वयंसेविका संघकी केन्द्रीय अध्यक्ष शारदा पौडेल लगायत सयजना भन्दा बढि जनस्वास्थ्यकर्मि सहभागी भए ।