चीनबाट ल्याइने ८० जनालाई खरिपाटीमा राखिने 



Download our app to get more features

काठमाडौं,२५माघ ।चीनको वुहानबाट नेपाल फर्काउन लागिएका ८० नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन प्रयोग गरिने भएको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेका अनुसार भक्तपुरको खरिपाटीमा रहेको नेपाल बिद्युत् प्राधिकरणको २ वटा भवनमा आइसोलेसन वार्ड निर्माण गरी उनीहरुलाई राख्ने व्यवस्था सरकारले मिलाउन लागेको हो । उनका अनुसार उनीहरुलाई राख्ने स्थानको व्यवस्थापनमा नै अझै एक साता लाग्ने छ । चीनबाट ल्याइने सबै नागारिकहरुलाई राख्नका लागि उक्त ठाउँ पर्याप्त नहुने भएकाले अन्यलाई सरकारले अन्यत्र व्यवस्था गर्ने छ।

 नेपाली सेना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशेष टोलीले अध्ययन गरी उक्त ठाउँ उनीहरुलाई राख्नको लागि उपयुक्त भएको जानकारी दिएपश्चात् चीनबाट ल्याएर उनीहरुलाई त्यहाँ राख्ने सहमति भएको पाण्डेले बताइन् । सरकारको उक्त निर्णयको स्थानीवासीले भने चर्काे विरोध गर्दे आएका छन् । यसैविषयलाई लिएर स्थानीयवासीले दैनिक जसो आन्दोलन समेत गरिरहेका छन् । 

Last modified on 2020-02-09 11:52:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts