विशेषज्ञ चिकित्सक आएपछि डडेल्धुरा अस्पतालको सेवा सुधार

डडेल्धुरा,२५ माघ । अभावमा रहेको डडेल्धुरा अस्पतालमा विशेष चिकित्सक आएपछि केहि राहत भएको छ। समायोजनँगै चिकित्सकबिहिन जस्तै बनेको डडेलधुरा अस्पतालमा विशेषज्ञ चिकित्सक आएसँगै अस्पतालको सेवा सुविधामा विस्तार भएको हो।
अस्पतालमा विशेषज्ञ सेवा पाउन थालेपछि सुदुरपश्चिमका पहाडी जिल्ला डडेल्धुरासहित बैतडी, दार्चुला, डोटी, बझाङ लगायतका जिल्लाका बिरामीलाई उपचारका लागि सहज भएको छ।सुदुरपश्चिम प्रदेशमै संघीय सरकारको मातहत रहेको एक मात्र डडेल्धुरा अस्पतालमा चिकित्सकको अभावका कारण सेवा सुविधा खस्कदै गएको बेला नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले छात्रवृतितर्फका चार जना विशेषज्ञ चिकित्कस पठाएको छ।
यस अस्पतालमा हाल ९ जना विशेषज्ञ चिकित्सक रहेका छन्। जसमा दुई जना स्त्रीरोग विशेषज्ञ, एक जना हाड जोर्नी, एक जना जनरल फिजिसिएन, एक जना दन्तरोग, एक जना एनेस्थेसीया, दुई जना बालरोग र एक जना एम्डीजिपिसहित ९ जना विशेषज्ञ चिकित्सक रहेका छन्। विशेषज्ञ चिकित्सक आएसँगै हाड जोर्नी, बालरोग ,महिला तथा प्रसुति रोग, एण्डोस्कोपी सहित जनरल सल्यक्रिया सेवा सुचारु भईसकेको अस्पतालका निमित्त मेसु जगदिश चन्द्र विष्टले बताए।‘उहाँहरु भरखरै आएकाले अस्पतालका केहि अन्य अवरुद्ध सेवापनि छिट्टै सुचारु हुन्छन’ उनले भने। सुदुरपश्चिमका पहाडी जिल्लामा सवैभन्दा बढी समस्याका रुपमा रहेको हाड जोर्नीका लागि विशेषज्ञ चिकित्सक आईसकेकाले अबका केही दिनमै हाडजोर्नीको सल्यक्रिया सेवा पनि संचालनमा आउने समेत अस्पताल प्रशासनले जनाएको छ।
मन्त्रिपरिषद्को गत २०७५ फागुन ३ गतेको निर्णयअनुसार डडेल्धुरास्थित उपक्षेत्रीय अस्ताललाई विशेषज्ञसहितको सुविधा प्रदान गर्नेगरी स्तरोन्नति गर्ने निर्णय गरिएको थियो। हाल डडेल्धुरा अस्पतालमा यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्स, १९ जना मेडिकल अफिसर, ३० स्टाफ नर्स गर नेपाल सरकार तर्फबाट १ सय ९ जनाको दरबन्दी रहेको छ।