एनएमए मतगणनामा प्रजातान्त्रिक समूहको फराकिलो अग्रता



Download our app to get more features

काठमाडौं,२५ माघ । नेपाल चिकित्सक संघको मतगणना आजपनि जारी छ । शुक्रबारबाट सुरु भएको मतगणनाको पछिल्लो मतपरिणम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहबाट डा. लोचन कार्की अग्र स्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा.पुष्पमणि खराल दोस्रो स्थानमा छन् । जारी मतगणनामा कार्की नेतृत्वको लोकतान्त्रिक समूहले आफ्नो मतान्तरलाई बढाउँदै अग्रता बनाइरहेको छ । हालसम्म लोकतान्त्रिक समूहका उपाध्यक्षका उम्मेदवार डा. अनिलविक्रम कार्कीले सबैभन्दा धेरै १ हजार ५६ भोट ल्याएका छन् । १५ सय मतगणना हुँदा १ हजार मत कटाउने कार्कीमात्र हुन् । 

१५०० मतगणना हुँदा कसको कति मत -

अध्यक्ष 
डा लोचन कार्की –  ९३३
डा पुष्पमणि खराल - ५६२

वरिष्ठ उपाध्यक्ष
डा रक्षा श्रेष्ठ- ५६२
डा शिवप्रसाद श्रेष्ठ – ८८१

उपाध्यक्ष
डा अनिलविक्रम कार्की – १०५६
डा रञ्जितकुमार झा – ४०२

महासचिव
डा बद्री रिजाल – ६०३
डा मधुर बस्नेत – ४६५
डा दीपेन्द्र पाण्डे –  २८१
डा अजयकुमार मिश्र - १२९

कोषध्यक्ष
डा प्रकाश बुढाथोकी- ८३७
डा सञ्जितकुमार साह- ५९८

सहसचिव
डा निरजकुमार सिंह- ९१५
डा सैलेन्द्र झा- ४७५

सहकोषाध्यक्ष
डा विश्वाराज दवाडी- ९७१
डा उदयनारायण सिंह- ४७१

सदस्यहरु
१. अमित चतुर्वेदी- ३९६
२. डा. विक्रान्त ढकाल- ६२३
३. डा विपेश आचार्य- ७२१
४. डा दीपकप्रसाद कोइराला- ५६०
५. डा जगदिशचन्द्र विष्ट- ४३४
६. डा लिजन महर्जन- ७१५
७. डा नन्दाकुमारी गुरुङ- ८४६
८. डा प्रमोद जोशी- ६६८
९. डा प्रवीणकुमार गिरी- १५१
१०. डा राकेश कुमार साह - ४८८
११. डा रितेश थापा- ७८२
१२. डा सञ्जिव तिवारी- ६७७
१३. डा सुमान काफ्ले- ६५०
१४. डा त्रिभुवन चन्द्र झा – ४११

 

Last modified on 2020-02-08 12:56:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts