नेपाल सरकारद्वारा चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण



Download our app to get more features

काठमाडौं, २४ माघ । नोवल कोरोना भाइरस संक्रमणको महामारीसँग जुधिरहेको चीनलाई नेपाल सरकारले एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग स्वरुप हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् । 

कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै चीनमा माक्स अभाव भएकाले सहयोग स्वरुप नेपालले माक्र्स हस्तान्तरण गरेको हो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोना संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ।

हालसम्म कोरोना भाइरसबाट कुन देशमा कति संक्रमित ?
चीन : ३१,१६१ संक्रमित
हङकङ: २४ संक्रमित
फिलिपिन्स : ३ संक्रमित
जापान: ८६
सिंगापुर : ३०
थाइल्यान्ड: २५
दक्षिण कोरिया: २४
ताइवान: १६
अस्ट्रेलिया: १५
मलेसिया: १४
जर्मनी : १३
भियतनाम: १२
अमेरिका: १२
मकाव: १०
क्यानडा : ७
फ्रान्स : ६
यूएई : ५
फिलिपिन्स: ३
इटाली: ३
भारत: ३
बेलायत: ३
रुस: २
श्रीलंका: १
कम्बोडिया: १
फिनल्यान्ड: १
नेपाल: १
स्विडेन: १
स्पेन: १
बेल्जियम: १

Last modified on 2020-02-07 14:28:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts