चिकित्सक संघको मतगणनाः लोकतान्त्रिक समूहको अग्रता

काठमाडौं, २४ माघ । लामो विवादपछि शुक्रबार विहानबाट नेपाल चिकित्सक संघको मतगणना सुरु भएको छ । एक सय मत गन्दा लोकतान्त्रिक समूहको अग्रता देखिएको छ ।
सय मत गन्दा मतगणनाको प्रारम्भिक चरणमा लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उठेका डा लोचन कार्कीले ५७ मत प्राप्त गरेका छन् । त्यस्तै गरी समावेशी समुहका अध्यक्ष पुष्पमणी खरालले ४२ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी सय मत गन्दा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रक्षा श्रेष्ठले ५० र शिवप्रसाद श्रेष्ठले ४६ मत प्राप्त गरेका छन् । उपाध्यक्षका उम्मेदवारहरु अनिलबिक्रम कार्कीले ६० मत पाएका छन भने अर्का उम्मेदवार रन्जितकुमार झाले ३६ मत पाएका छन् ।
सय मत नै गन्दा महासचिवका उम्मेदवारहरु बद्री रिजाल ५१, मधुर बस्नेत २७ अजयकुमार मिश्र ८ र दिपेन्द्र पाण्डेको ११ मत रहेको छ ।
त्यस्तै कोषाध्यक्षका उम्मेदवार प्रकाश बुढाथोकीको मत ५५ र सन्जितकुमार शाहको ३५ मत प्राप्त गरेका छन् ।