कोरोना भाइरसको संक्रमण फैलन सक्ने चेतावनी दिने डा.लीको मृत्यु 



Download our app to get more features

चीन, २४ माघ । कोरोना भाइरसको बिरामीको उपचारमा संलग्न एक चीनियाँ डाक्टरको मृत्यु भएको छ ।

३४ वर्षका डा.ली वेन्लियाङको कोरोना भाइरसकै संक्रमणका कारण मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले नै बताएका छन् । डा. ली कोरोनाभाइरस संक्रमित बिरामीलाई उपचार गर्ने क्रममा संक्रमित भएका थिए । उनले आफू कोरोनाबाट संक्रमित भएको भिडियो पनि सार्वजनिक गरेका थिए ।

डा.ली ले चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलन सक्ने चेतावनी दिएका थिए । 

डा. लीले एक वर्ष पहिले नै डिसेम्बरमा भाइरस सङ्क्रमण भयावह रूपमा फैलन सक्ने भन्दै चेतावनी दिएका थिए । तर, प्रहरीले उनलाई नै जथाभावि नबोल्न भन्दै चेतावनी दिएको थियो ।

डा.लीले गत वर्ष नै पहिलो पटक डिसेम्बरमा वुहान राज्यमा देखिएको नयाँ भाइरस सार्स जस्तै भएको भन्दै चीनको चर्चित सामाजीक सञ्जाल वी च्याटमा भनेका थिए । 

चीनमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा ५ सय ६४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ हजारभन्दा बढीलाई सङ्क्रमण भएको चीनको स्वास्थ्य विभागले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts