पेशागत समुहको आरोप: हाजिरी देखाउनु भन्दा मतगणना स्थगित गरियो

काठमाडौं, २३ माघ । नेपाल चिकित्सक संघको मतगणना हाजिरी देखाउनु भन्दा स्थगित भएको पेसागत समाबेशी समुहले आरोप लगाएको छ ।
समावेशी समुहका उम्मेदवार मधुर बस्नेतद्धारा जारी प्रेस विज्ञप्तिमा मतदान गर्नेको हाजीर देखाउन माग गरेपछि गतगणना स्थगित गरिएको उल्लेख छ । डा बस्नेतले कतिपय मतदाताले केन्द्र र शाखा दुवै ठाँउबाट मतदान गरेकाले यसको निक्र्याैल गरी मतगणना सुरु गर्न माग गरेको तर यसो नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । संघको निर्वाचन उपत्यका बाहिर र भित्र गरी दुई चरणमा भएको थियो ।
बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै महासचिवका उम्मेदवार बस्नेतले अबिलम्ब मतगणना कार्य सुरु गर्न माग गरेका हुन् । मंगलबार सम्पन्न चिकित्सक संघको निर्वाचन पछि बुधबारबाट मतगणना गरिने भनेको भएपछि विवादका कारण सुरु हुन सकेको छैन् । उनले भिडियो प्रोजेक्सनबाट मत गणना गर्न र रातको समयमा मत गणना नगर्न समेत माग गरेका छन् ।