अस्तव्यस्त प्रदेश २ स्वास्थ्य महाशाखा

जनकपुरधाम, २३ माघ । स्वस्थ्य, शिक्षित, सक्षम र उद्यमशील नागरिक तयार गरि समृद्ध प्रदेश निर्माणमा योगदान पुर्याउनु सामाजिक विकास मन्त्रालयको प्रमुख दायित्व हुन्छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विषयको कानुन, नीति नियम मापदण्ड निर्माण तथा कार्यान्वयन यसै मन्त्रालय अन्तर्गत पर्छ । तर प्रदेश २ को सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य महाशाखाको अवस्था भने नाजुक छ ।
विहीबार स्वास्थ्य महाशाखामा पुग्दा त्यहाँ एक जना पनि कर्मचारी कार्यकक्ष थिएनन् । जबकी स्वास्थ्य माहाशाखा प्रमुख डा. नवलकिशोर झाका अनुसार महाशाखामा सात कर्मचारीको दरबन्दी छ । महाशाखाका कर्मचारीको अवस्था बारे जान्न खोज्दा प्रमुख झाले कोही कर्मचारी चिया खान गएको, कोहि महाशाखाको कामले फिल्डमा रहेको, कोहि तालीममा गएको जवाफ दिए ।
जबकी संसदको राज्य व्यवस्था तथा सुशासन समितिले २१ साउनदेखि सरकारी कर्मचारीले कार्यालय समयमा निजी काम गर्न नपाउने व्यवस्था गरेको छ । यहाँ कार्यरत कर्मचारीहरुले प्रदेशलाई नभई आफूलाई प्राथमिकतामा राखी काम कारवाहीहरू गर्ने गरेको देखिएको छ ।