जनकपुरमा एम्बुलेन्स खरिद र बिक्री गर्ने अवैध धन्दा मौलाउँदो



Download our app to get more features

जनकपुरधाम, २३ माघ । अति आवश्यक सवारी साधन भएकै कारण सरकारले एम्बुलेन्स खरिदमा राजश्व छुट दिएको छ । यसलाई बेच्न र ठेक्कामा लगाउनु गैरकानुनी हो । तर, जनकपुरमा ठेक्का लगाउने मात्रै होइन एम्बुलेन्स किनबेचको गिरोह नै सक्रिय छ । यस्तो गलत गतिविधि भइरहदा पनि सम्बन्धित निकाय भने मौन छ ।

विभिन्न जिल्लाबाट राजस्व छुटमा एम्बुलेन्स ल्याउने र जनकपुरमा बेच्ने गरिएको छ । सरोकारवाला निकायको नियमित अनुगमन अभावले यस्ता समस्या आएको हो । प्रदेश २ को अस्थाई मुुकाम जनकपुरधाममा सबै भन्दा बढी एम्बुुलेन्स बाह्रबिघा मैदानमा पाईन्छ । जनकपुर अञ्चल अस्पतालको छेउमा रहेको यो मैदानमा मेची, कोशी, सगरमाथा र वागमती अञ्चललगायत धनुषा र महोत्तरीको ग्राम्रीण क्षेत्रका नाममा दर्ता भएका एम्बुलेन्सहरु पनि भाडामा पाईन्छ । राजश्व छुट र अनुदान सहयोगमा प्राप्त एम्बुलेन्स तोकिएको ठाँउ भन्दा बाहिर चलाउन नपाईने नियम छ । स्थानीय रंगभुमिमा स्टेशन गरेर राखिएको एमबुलेन्सबाट चिकित्सकलाई कमिसन दिएर बिरामी पुर्याउने स्थानीयको भनाइ छ । एम्बुलेन्स संचालक महाशंकर ठाकुरले एमबुलेन्सको नियमन गर्ने निकाय अभाव र अनुगमन नगर्ने प्रवृतिले जनकपुरमा समस्या आएको बताए । राजश्व छुटमा वा दातृ निकायको सहयोगमा एम्बुलेन्स लिने र त्यसलाई ठेक्कामा चलाउने र बेच्ने प्रबृति पनि बढेकोे छ ।

नेपाल–भारतको सहयोगमा २२ वटा र राजश्व छुटसहित जम्मा ६३ वटा एम्बुलेन्स धनुषामा सञ्चालित छन । जसमध्ये मापदण्ड विपरित ११ वटा ठेक्कामा लगाईएको छ भने ६ वटा गैरकानुनी रुपमा बेचिएको एम्बुलेन्स चालकहरुको भनाइ छ । बिरामी बोक्ने एम्बुलेन्सको नियमित मेकानिकल परीक्षण र एम्बुलेन्स सञ्चालन समितिमा मासिक प्रतिवेदन बुझाउनुका साथै बिरामीका आफन्तलाई भाडा वापतको रसिद अनिर्वाय दिनुपर्ने प्रावधान छ । तर, एम्बुलेन्सका सञ्चालक र चालकहरुले नियम कानुनको मजाक बनाउदै आए पनि प्रशासनले कुनै कारवाही गरेको छैन । अधिकांश एम्बुलेन्सभित्र प्राथमिक उपचारको बक्स, अक्सिजन सिलिन्डर, स्लाइन स्टयान्ड जस्ता उपकरण समेत अभाव छ ।

प्राथमिक उपचारसम्बन्धी अनुभवी र गाडी चलाउन कम्तीमा पाँच वर्षको अनुभव भएकाहरुलाई मात्र एम्बुलेन्स चालकमा नियुक्त गर्न पाईने मापदण्ड छ । तर यहाँका सबैजसो एम्बुलेन्सले यी मापदण्ड पालन गरेको पाइदैन ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts