कोरोना भाइरसको चेकजाँचका लागि सीमावर्ती क्षेत्रमा हेल्थ डेस्क



Download our app to get more features

जनकपुरधाम, २३ माघ। जिल्ला प्रशासन कार्यालय धनुषाले कोरोना भाइरसको चेकजाँचको लागि सीमावर्ती क्षेत्रमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरेको छ । 

धनुषाको भारतीय नाकासँग ओहोर दोहोर हुने प्रमुख नाकाहरुमा कोरोनाको निगरानी एवं चेकजाँचको लागि हेल्थ डेक्स स्थापना गर्ने निर्णय गरिएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले धनुषाको जटही नाकामा जनकपुरधाम उपमहानगरपालिका,प्रादेशिक अस्पताल जनकपुर तथा सशस्त्र प्रहरीको सहयोगमा हेल्थ डेस्क सञ्चालन गर्ने निर्णय गरिएको बताए । उनले भने,‘ जटही नाकाबाट ओहोर दोहोर गर्ने सर्वसाधारणहरुलाई उक्त डेस्कमा चेकजाँच गरिने छ ।’ धनुषाको सबै विद्यालयहरुमा कोरोना भाईसर सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु समेत गरिने उनले बताए । बालबालिकाहरुलाई यसबाट बच्नको लागि प्रशिक्षण समेत दिइने निर्णय गरिएको हो,उनले भने । महोत्तरीको १३ स्थानमा हेल्थ डेक्स राखिएको छ ।

चिनमा कुकको काम गर्दै आएका भारत विहार राज्यको सितामढी जिल्ला चरौत निवासी एक युवकमा कोरोना भारइसको लक्षण देखिएकाले उनलाई सदर अस्पतालमा भर्ना गरिएको छ । 

जनकपुरधाममा पनि चीनमा अध्ययनरत केही बिद्यार्थीहरु भागेर आएकाले प्रहरीले त्यस्ता विद्यार्थीहरुलाई खोजेर उनको स्वास्थ्य अवस्थाबारे बुझने प्रयास गरिरहेको छ ।

Last modified on 2020-02-06 13:02:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts