लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरमा चल्यो डोजर

रुपन्देही, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा रहेका सटरमा डोजर चलाइएको छ ।
व्यवसायीहरुले सटर खाली गर्न नमानेपछि अस्पतालले आज डोजर लगाएर हटाउन सुरु गरेको छ ।
अस्पतालका नाममा केहि व्यवसायीहरुले सम्झौता अनुसार नै वयवसाय सञ्चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
व्यवसायीहरुले दिएको मुद्दाको अदालतले अन्तरकालिन खारेज गरिदिएको थियो । जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घन्टा भित्र सटर खाली गर्न चेतावनी दिएको थियो ।
अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाएको अस्पतालले जनाएको छ ।
अस्पतालको चेतावनी अटेर गरेपछि अस्पतालले डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेसु डा राजेन्द्र खनालले बताए ।
जिल्ला अदालत रुपन्देहीमा परेको मुद्दा उपर अदालतले सटर भत्काउन बाटो खुलाएसँगै अस्पताल विकास समितिले बुधवार राति १२ बजेसम्म २४ घण्टे अल्टिमेटम दिएको थियो ।