गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु 



Download our app to get more features

रुपन्देही, २३ माघ । गुल्मीमा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । 

परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य बीमा सदस्यता दर्ता शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले स्वास्थ्यको सहज पहुँच अझै पुर्याउन नसकिएको बताए ।

गरिबी, अशिक्षा, न्यून चेतना, स्वास्थ्यमा पहुँचको अभाव, बदलिंदो जीवन शैलीका कारण नयाँ स्वास्थ्य चुनौतीहरु थपिंदै गएको बताए । स्वास्थ्य चुनौतीहरुको सामना गर्नु परेकोले बीमाको माध्यमबाट सरकार नागरीकको सुरक्षा गर्ने बताउँदै मन्त्री ज्ञवालीले पछिल्लो समय शिक्षा र स्वास्थ्य जस्ता क्षेत्र सेवा भन्दा पनि नाफा कमाउने माध्यमको रुपमा प्रकट हुन थालेको प्रति चिन्ता व्यक्त गरे ।

‘शिक्षा र स्वास्थ्यमा लगानीलाई नाफा कमाउने माध्यमको रुपमा विकास गरिएको छ मन्त्री ज्ञवालीले भने,यसरी समाजले ठुलो विकृति भोगिरहेको छ’ त्यसबाट सिर्जित विकृतिहरुबाट नागरीकहरुलाई बचाउन सरकार लागि परेको बताए ।

नेपाली महिलाहरुले नेपालको स्वास्थ्य क्षेत्रमा मातृ शिशुको मृत्युदर घटाएर अतुलनिय योगदान पुराएको बताए । सरकार अहिले उल्लेखीय ढङ्गले मातृ तथा शिशु मृत्यु दरलाई घटाउन सफल भएको दावी गरे ।

परराष्ट्रमन्त्री ज्ञवाली सहित जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, नगरपालिका तथा गाउँपालिकका प्रमुख तथा उपप्रमुखहरुले स्वास्थ्य बिमा सदस्यता दर्ता गराए । बीमा बोडको वार्षिक कार्ययोजना अन्तर्गत ५१ औँ जिल्लाको रुपमा गुल्मीमा पनि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम शुभारम्भ भएको हो ।

नेपाल सरकारले नागरिकका स्वास्थ्य उपचारमा पहुँचको उदेश्य अनुसार राष्ट्रिय बीमा नीति २०७१ र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति गठन आदेश २०७१ बमोजिम आर्थिक वर्ष २०७२÷०७३ बाट शुरुमा कैलाली, बाग्लुङ्ग र ईलाम जिल्लाबाट थालनी गरिएको स्वास्थ्य बीमा कार्यक्रमबाट आ.व.०७६÷०७७ को माघसम्ममा गुल्मी समेत गरी ५१ जिल्लामा सेवा विस्तार भईसकेको छ ।

स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रममा सहभागी हुने ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३५ सय तथा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति थप सदस्यको ७ सयका दरले रकम तिर्नु पर्ने छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts