लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष र सदस्यको पदस्थापन

रुपन्देही, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष र सदस्यको पदस्थापना गरिएको छ ।
अस्पतालमा आयोजीत एक समारोहमा विकास समितिका अध्यक्ष सूर्य बहादुर भट्टराई र सदस्य रिज्जु श्रेष्ठको पदस्थापना तथा बधाई ज्ञापन गरिएको हो ।
कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति प्रदेश सभा दधिराम न्यौपानले अस्पतालको विकासका लागि विरोध गर्नुको कुनै तुक नभएको बताए ।
प्रदेश ५ सरकारले प्रदेश गौरवको आयोजनाको दोस्रो नम्बर मा लुम्बिनी प्रादेशिक अस्पताललाई राखेको बताउँदै विरामी अस्पतालमा आए पुर्णरुपमा निको भएर जाने वातावरण सृजना गर्ने खालको अस्पताल निर्माण गर्न गरिएको उनको भनाइ थियो । न्यौपानेले अस्पताल स्तर उन्नतीका लागि अगाडी रहेका व्यवसायीक सटरहरु भत्काएर नमुना पर्खाल निर्माण गर्ने बताए ।
प्रदेश ५ नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना बनाउनको लागी प्रदेश सरकार लागेको बताए । अस्पतालाई बजेटको अभाबमा कुनै योजना नरोकिने बताए।
अर्का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले अस्पताल विकासका लागि धेरै काम भएको भन्दै अस्पतालमा विकासका लागि कुनै पनि आर्थिक कमी हुन नदिने प्रदेश सरकारको योजना रहेको उललेख गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतम अस्पतालका सटर भत्काउदैमा आर्थिक अभाव सृजना नहुने भन्दै अस्पताललाई प्रदेश सरकारले गौरवको आयोजनामा समावेश गरेकोले नयाँ संरचना उपकरण को लागी डिपीआर बन्दै गरेको र ६ अर्बको बजेट लाग्ने अनुमान गरेको जानकारी गराए ।
नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरीले अस्पतालका सेवा सहजरुपमा पाउने व्यवस्था मिलाउनु पर्ने बताउदै गुणस्तरि सेवा दिनको लागी कर्मचारीलाई सेवा सुविधा सम्पन्न बनाउनु पर्ने बताए ।
अस्पताल विकास समितिका पुर्व अध्यक्ष बाबुराम भट्राईले अस्पताको बिकासको लागी प्रदेश सरकारले गौरबको आयोजनमा राखेर अघिबढएपछि अस्पताल सुधारोन्मुख तर्फ पलाएको बताएको बताए ।
औषधी व्यवसायी संघ प्रदेश ५ का संयोजक शिव प्रसाद ज्ञवालीले अस्पतालको बिकासका लागी आफुहरु सधै सहयोगी रहेको बताए । नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले सर्वसाधरणको पहुचमा अस्पतालको सेवा बिस्तार गर्नु पर्ने बताए ।
कार्यक्रममा अस्पताल विकास समिति अध्यक्ष सुर्य बहादुर भट्राईले अस्पतालमा सुधारका कामहरु सुरुवात भैसकेको भन्दै स सानो काम बाट अस्पतालमा सुधारको काम अगाडी बढाउने बताए ।
सबैको सहयोगबाट मात्रै अस्पताल विकास हुने हो, यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेको भट्टराईको भनाइ छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र प्रसाद खनालले अस्पतालमा सेवा प्रवाहलाई अझ बढि सेवा प्रभाबकारी बनाउदै लैजाने बताए ।
डा खनालले अस्पतालमा सुधारको काम सुरुवात भएको भन्दै अझ बढि सुधारका लागि विकास समिति, कर्मचारी र सरोकारवाला सबैको सहयोगको जरुरी रहेको बताए । अस्पताल वरिष्ठ गाईनोकोल्जिस्ट डा श्रीधर आर्चायको स्वागत तथा अस्पतालका नर्सिड प्रमुख ज्योती पौडेलको सञ्चालनमा पदस्थापना तथा स्वागत कार्यक्रम सम्पन्न भएको थियो ।