नेपाल चिकित्सक संघको मतगणना अझै सुरु हुन सकेन



Download our app to get more features

काठमाडौं, २३ माघ । नेपाल चिकित्सक संघको निर्वाचन मतगणना स्थतगित भएको छ । 

चार स्थानको मतपेटिका खोलेर गणना गर्न लागेको समयमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको निर्वाचन समितिका प्रमुख डा बाबुराम मरासिनीले सूचना जारी गरेर जानकारी दिएका छन् ।

काठमाडौं मतदाता रहेका चिकित्सकको नामावली र हस्ताक्षरका विषयमा विवाद निस्किएपछि निर्वाचन समितिले मतगणना स्थगित गरिएको हो ।

महासचिव पदका उम्मेदवार डा मधुर बस्नेतको मतगणनाको विषयमा विवाद भएपछि बुधबार बिहान ८ बजे सुरु गर्ने भनिएको मतगणना साँझ ७ बजे सुरु गर्ने सहमति भएको थियो । तर, फेरि विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको सूचनामा उल्लेख गरिएको हो ।

Last modified on 2020-02-06 07:43:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts