आगामी शनिवार नर्सेस् एथ्लेटिक्स हुँदै 



Download our app to get more features

काठमाडौं, २२ माघ । डा. खगेन्द्र स्पोर्टस फाउण्डेशनले आगामी शनिवार तेस्रो नर्सेस् एथ्लेटिक्स गर्ने भएको छ । नर्सिङ पेशामा रहेकोहरूलाई खेल क्षेत्रमा लगाव बढाउन र मनोरञ्जन प्रदान गर्नेगरी एथ्लेटिक्स आयोजना गरिएको हो । 

एथ्लेटिक्समा विभिन्न ३२ वटा अस्पतालका नर्स सहभागी रहने आयोजकको भनाइ छ । एथ्लेटिक्स (दौड) बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हलचोकस्थित संशस्त्र प्रहरीको खेल मैदानमा हुनेछ । एथ्लेटिक्सका बजेताहरुलाई पदकसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगीतामा प्रथम हुनेलाई १० हजार, दित्तीय हुनेलाई सात हजार र तृतीय हुनेलाई पाँच हजार दिने आयोजकले जनाएको छ । प्रतियोगीतामा ४ सय १० जना सहभागी रहने फाउण्डेसनका डा. खगेन्द्रबहादुर श्रेष्ठले बताए ।  

Last modified on 2020-02-05 19:52:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts