जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट 



Download our app to get more features

डोटी, २२ माघ । जिल्ला अस्पताल डोटी प्रदेशभरिकै उत्कृष्ट अस्पताल घोषित भएको छ। सुदूरपश्चिम प्रदेशभरिमा रहेका अस्पतालमध्ये जिल्ला अस्पताल डोटीले विभिन्न सूचकाङ्कलाई आधार मान्दा कूल ७७ प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट अस्पतालका रुपमा घोषित भएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरका मेडिकल अधिकृत डा.भूषण मिश्रले बताए।

स्वास्थ्य क्षेत्रमा न्यूनतम सेवा गुणस्तर मापदण्ड मापनमा दिइने ३५० अङ्कमा प्रदेशभरि रहेका जिल्ला अस्पताल तथा जिल्लास्तरका प्राथमिक अस्पतालमध्ये डोटी अस्पतालले ७७ प्रतिशत अङ्क ल्याएर पहिलो भएको उनले बताए। 

सुदूरपश्चिममा ६ महिनापहिले गरिएको गुणस्तरीय सेवा मापदण्डमा डोटी अस्पताल प्रदेशकै उत्कृष्ट भएको थियो। त्यसैगरी अछाम जिल्ला अस्पताल ७१ प्रतिशत अङ्क प्राप्त गर्दै दोस्रो स्थानमा पर्न सफल भएको छ।

सुदूरपश्चिमका जिल्ला अस्पतालमा गरिएको सर्वेक्षणमा डोटी ७७, अछाम ७१, बझाङ ७०, दार्चुला ७० बैतडी ६५ तथा बाजुराले ५५ प्रतिशत अङ्क प्राप्त गरेको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts