मत गणनास्थलको विषयमा कुरा नमिल्दा चिकित्सक संघको मतगणना सुरु भएन

काठमाडौं, २२ माघ । नेपाल चिकित्सक संघको २१ माघमा सम्पन्न निर्वाचनको मतगणना अझै सुरु भएको छैन । यसअघि संघले बुधबार बिहान ८ बजेदेखि मतगणना गर्ने जानकारी दिएको थियो ।
मतगणना स्थलका बिषयमा उम्मेदवारहरूबीच विवाद देखिएका कारण गणना ढिला भएको स्रोतको दावी छ । प्रगतिशील प्यानलका केही सदस्यले मत गणना एक ठाउँबाट मात्रै हुनपर्ने र प्रोजेक्टरमा देखाएर गनिनु पर्ने माग राखेको विवाद उत्पन्न भएको जनाइएको छ ।
निर्वाचनले संघको २८औं कार्यसमिति दिनेछ । निर्वाचन उपत्यका बाहिर र भित्र गरी दुई चरणमा सम्पन्न भएको हो । उपत्यकाभित्र १७ देखि २१ माघसम्म निर्वाचन भएको थियो भने उपत्यका बाहिर ४ र ५ माघमा भएको थियो ।
Last modified on 2020-02-05 15:33:15