गाँजा: जरादेखि पातसम्मै औषधीय गुण 



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपाल सरकारले गाँजामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै सत्तारुढ दल नेकपाका ४६ जना पक्षमा उभिएका छन् । उनीहरुले प्रतिनिधि सभाको हिउँदे अधिवेशनमा सार्वजनिक महत्वको विषय भन्दै यस्तो प्रस्ताव दर्ता गराएका हुन् ।  
संसदमै यस्तो प्रस्ताव दर्ता भएपछि कुनै समय खतरनाक लागू औषध भन्दै प्रतिवन्ध लगाएको गाँजाप्रतिको दृष्टिकोण परिवर्तन भएको पुष्टि हुन्छ । नेपालमा मात्रै होइन तत्कालिन समय सन् १९७० को दशकमा गाँजालाई लागूऔषध भन्दै प्रतिबन्ध लगाउने देशहरुमा पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै लगिएको छ । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन जस्ता देशहरू त गाँजा प्रयोगमा निकै नै उदार हुँदै गएको छ । तत्कालिन समयमा कठोर प्रतिबन्ध लगाएको अमेरिकाका २३ राज्यले गाँजालाई औषधीय प्रयोग गर्न अनुमति दिएका छन् । यस्तै भारत र चीनका केही राज्यमा पनि यसको खेति र प्रयोगमा उदार देखिँदै आएको छ । 

७० को दशक जसले जडिबुटी गाँजालाई लागूऔषध बनायो
सन् १९७० को दसकसम्म नेपालमा गाँजा उत्पादन र खेतीमा कुनै रोकतोक थिएन । सन् १९७६ मा नेपाल सरकारले अमेरिकी दबाबमा गाँजाको प्रयोग र उत्पादनमा रोक लगायो । नेपालमा हिप्पी युगको सुरुआत भएको र अमेरिकी नागरिकहरू नेपालमा गाँजा खानेकै लागि समेत आउन थालेपछि अमेरिकी सरकारले यस्तो प्रतिबन्ध लगाएको विश्वास गरिन्छ । करिब ४० वर्षपछि अमेरिकाले नै गाँजा प्रयोग र उत्पादनमा लचिलो व्यवहार गरे पनि नेपालमा पनि सरकार नियन्त्रित खुला गर्नुपर्ने सांसदहरुको माग छ । 

गाँजा: औषधीय गुण
एक अनुशन्धान अनुसार औषधि विज्ञानले गाँजालाई उपलब्धिमूलक र सहयोगी औषधिका रूपमा लिएको छ । ‘यसलाई विभिन्न प्रायोजनको लागि प्रयोग गर्न सकिन्छ ग्लाउकोमा भन्ने आँखा रोग, मुर्छा पर्ने, अनिन्द्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता समस्याको उपचारका निम्ति गाँजा सहयोगी हुने विज्ञहरुको भनाइ छ । नौजिया र अत्यन्त दुखाइको राहतको लागि पनि यो प्रयोग गर्न सकिन्छ । क्यान्सर सेलहरू मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन पनि गाँजा उपयोगी हुने अनुसन्धानले देखाएको छ । यसको मद्दतले अरू थुप्रै किसिमका घातक रोगहरूको उपचार गर्न सकिन्छ । तर गाँजाले हृदयगति बढाउने, धुवाँले श्वासप्रश्वास प्रणालीमा असर गर्ने तथा अन्य सामान्य शारीरिक गतिविधिमा प्रभाव पार्ने पनि देखिएको छ ।
संसदमा प्रस्ताव दर्ता गर्ने सांसदहरुले गाँजाको निजी प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ भनेका होइनन् । सरकार नियन्त्रित गाँजा खेती गरी न्यून आर्थिक अवस्था भएका नेपाली नागरिकको आर्थिक स्तर उकास्न मद्दत गर्न सक्नुपर्छ भनिएको हो । प्रस्ताव दर्ता गर्ने मध्येका नेकपाका सांसद विरोध खतिवडाका अनुसार नेपालको भु–भाग प्राकृतिक रुपले नै गाँजा खेतीका लागि अब्बल छ । विश्वका अन्य देशहरुले जस्तै किसानको जीवनस्तर उकास्न तथा विदेशी मुद्रा आर्जन गर्न नेपालको अहिलेको कानुन परिमार्जन गर्न आवश्यक छ । सरकारको निगरानी र नियन्त्रणमा तोकिएको क्षेत्रमा वैधानिकता दिन ढिला भइरहेको छ । नेकपा कै अर्की सांसद दिलकुमारी क्यान्सर हुन्छ भन्ने जान्दाजान्दै सरकारले सूर्ती उत्पादनमा लाइसेन्स दिने गरेकाले औषधि हुने गाँजा खेतीलाई पनि लाइसेन्स दिएर खुला गर्नुपर्ने बताउँछिन् । 

गाँजाको जरादेखि पातसम्म उपयोगी 
गाँजा वातावरणमैत्री र कम खर्चमै उत्पादन गर्न सकिने जडीबुटी हो । यसको जरादेखि पातसम्मै औषधीय रुपमा प्रयोग गर्न सकिने औषधिय विज्ञहरुको भनाइ छ । सिंहदरवार वैद्यखानले गाँजाको प्रयोग गरी यौनवर्धक औषधि र दुखाई कम गर्ने औषधि बनाउँदै आएको थियो । सरकारले गाँजा उत्पादन र ओसारपसारमा रोक लगाएपछि यो औषधि उत्पादन हाल रोकिएको छ । 

यस्तै गाँजाको पातबाट कागज, तेल, औषधिलगायत थुप्रै वस्तु उत्पादन गर्न सकिन्छ । यसको सही उपयोग गर्न सके नेपालले छिट्टै आफूलाई समृद्ध बनाउन सक्नेछ ।   

सिहंदरवार बैध खानाका महानिर्देशक वंश दिप खरेका अनुसार नेपालकमा गाँजाको प्रयोग गरी आयुर्वेदिक औषधिहरु बनाइन्थो । यसरी गाँजाको कुनै न कुनै भाग प्रयोग गरेर बनाइएको औषधिहरु धेरै रहेका उनले बताए । उनका अनुसार रातोवरी, लक्ष्मीविलास सर, दुग्धवती, भोगसुन्धरी बुटीका जस्ता औषधिहरु बनाउन गाजाँको प्रयोग भएको हुन्छ । यी बाहेक अन्य औषधिहरु समेत रहेका छन् । उनका अनुसार यसरी गाँजा प्रयोग गरेर बनाइएका औषधिहरु यी औषधिहरु कलेरा तथा डाइरीया , टाउको दुखाई, ज्वरो, यौन समस्यामा प्रयोग हुने गर्छ । 
 

Last modified on 2020-02-21 12:09:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts