विश्व  क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन            



Download our app to get more features

काठमाडौं, २२ माघ । नेपाल अर्बुद रोग निवारण संस्थाले विश्व क्यान्सर दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ ।

चावहिलको भगवानस्थान चारुमती स्तुपामा क्यान्सर रोगीहरुको स्वास्थ्य लाभको कामना सहित दीप प्रज्वलन कार्यक्रम गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नरोत्तम बैद्यले  क्यान्सरको छेत्रमा आफूबाट हुन सक्ने सहयोग निरन्तर रहने प्रतिवद्धता जनाए । 

कार्यक्रममा संस्थाका निमित्त अध्यक्ष महेश श्रेष्ठले समय मै क्यान्सर रोगको पहिचान भए उपचारको सम्भावना रहेकोले अकालमै क्यान्सर रोगबाट मानिसको मृत्यु नहुने भएकाले यसमा सबै नागरिक सचेत हुनुपर्ने बताए ।

यस्तै संस्थाका महासचिव विमल कुमार होडाले संस्थाले हरेक वषमा विश्व क्यान्सर दिवसको अवसरमा जनमानसमा क्यान्सर के हो र यसको उपचार विधिबारे  जानकारी दिने उदेश्यले जनचेतना मुलक कार्यक्रमहरु संस्थाको ४४ वटै जिल्ला शाखाहरु मार्फत दिँदै आइरहेको जानकारी गराए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष  डा. राजेन्द्रप्रसाद बरालले समय मै क्यान्सर रोग पहिचान गर्न सके उपचार गर्न सजिलो हुने बताए ।

कार्यक्रममा बि.पि. क्यान्सर अस्पतालका पुर्व अध्यक्ष डा. गिशुप निख प्रसिको, डा. प्रकाश राज न्यौपाने, लायन्स क्लबका गभर्नरले क्यान्सरको बारेमा आफ्नो धारण राखेका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts