चिकित्सक संघको निर्वाचन सम्पन्न, जम्मा ६ हजार १सय ५१ मात्र मत खस्यो



Download our app to get more features

काठमाडौं, २१ माघ । नयाँ कार्यसमितिका लागि भएको नेपाल चिकित्सक संघको निर्वाचन सम्पन्न भएको छ ।

चिकित्सक संघको निर्वाचनमा जम्मा ६१५१ मात्र मत खसेको छ । पहिलो र दोस्रो चरण उपत्यका बाहिर र भित्र गरी दुई पटक निर्वाचन भएको हो । सोमबारसम्म उपत्यका बाहिर र भित्र गरी ५५७० मत खसेको थियो  । मंगलबार ५८१ मत खसेसंगै जम्मा ६ हजार १ सय ५१  मत खसेको हो । 

यस निर्वाचन पछि संघले २८ औं कार्यसमिति पाउने छ । मतगणना बुधबार बिहान देखि हुने छ । 

चिकित्सक संघमा ९८७४ जम्मा सदस्य रहेका छन् । चुनावमा मतदान भने  ६२.२८ प्रतिशतले मात्र  गरेका छन् । 

 

Last modified on 2020-02-04 16:39:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts