चीनको कोरोना प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई शहरी विकासको भवनमा नराख्न नार्गाजुन नगरपालिकाको माग



Download our app to get more features

काठमाडौं, २१ माघ । चीनको कोरोना प्रभावित क्षेत्र वुहानबाट ल्याइएका नेपालीलाई नागार्जुन नगरपालिकास्थित भवन तथा शहरी विकास मन्त्रालयको अपार्टमेन्टमा राख्ने विषयमा नागार्जुन नगरपालिकाले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएको छ । अपार्टमेन्ट भएको क्षेत्र शहरी तथा घना मानव बस्ती भएकाले यहाँ त्यस्ता प्रभावित क्षेत्रबाट ल्याइएका मानिसलाई नराख्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘चीनबाट उद्धार गरि ल्याइएको व्यक्तिहरुलाई यस नगरपालिकाको वडा नम्बर १ मा रहेको भवन तथा शहरी विकास मन्त्रालयबाट निमित भवनहरुमा राख्ने भन्ने विषयमा विभिन्न सञ्चार माध्ययम र पत्रपत्रिकामा प्रकाशित समाचारमा यस नगरपालिकाको ध्यानाकर्षण भएको छ । उक्त स्थानमा चीनबाट उद्धार गरी आउने व्यक्तिहरु नराख्ने व्यवस्थाको लागि हार्दिक अनुरोध गरिन्छ ।’ 

नगरपालिकाका उपप्रमुख सुशिला अधिकारीद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरवारलाई पनि बोधार्थ जनाइएको छ । 



फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts