के डण्डिफोर निचोर्ने गर्नुहुन्छ ? 



Download our app to get more features

हिला होस् या पुरुष दुवैलाई सुन्दर बन्ने रहर हुन्छ । पुरुषको तुलनामा महिलामा यसको प्रभाव धेरै हुन्छ । तर, सुन्दर बन्ने चाहनालाई डण्डिफोर बाधक बन्न सक्छ । अधिकांश किशोर र वयस्कलाई पनि डण्डिफोरको समस्या हुने गर्दछ । जसका कारण उनीहरु कतिपय अवस्थामा सामाजिक कार्यहरुमा जान समेत हिच्किचाउने गर्छन् । 
डडिफोरलाई याक्नीया भनिन्छ । किशोरा अवस्थामा अलि बढीनै डण्डिफोरले सताउने हुन्छ । । १५ वषदेखि सुरु भई २०/२१ वर्षसम्म रहन्छ । तर, कसै कसैलाई ४०/५० वर्षको उमेरसम्म पनि देखिन सक्छ । सामान्यतया युवा अवस्थामा यसले धेरै प्रभाव पारेको हुन्छ । 
यसको मुख्य कारण युवावस्थामा हुने हर्मोनको परिवर्तन हो । हर्मोन परिर्वतनसँगै युवा युवतीमा डण्डिफोर देखिन सुरु गर्छ । हर्मोन परिवर्तनसँगै चिल्लो हर्मोन उत्पादन गर्ने सेवासिएस ग्रन्थीहरु बढी सकृय हुन्छन् । यसको सकृयतासँगै अनुहारमा चिल्लो निस्कन सुरु भई व्याक्टेरियाहरु उत्पादन हुन्छ । जसका कारण अनुहारमा डण्डिफोर आउने हुन्छ । 
डण्डिफोर धेरै प्रकारका हुन्छ । जस्तै व्याल्क हेड, वाइट हेड, दाना भएको, खाल्टो खाल्दा आदि हुन्छन् ।  
डण्डिफोर कतिपय अवस्थमा बिना उपचार आफै पनि निको भएर जान्छ । तर, यसलाई ध्यान दिईन भने दाग बस्ने, क्रिमहरु प्रयोग गर्न समस्या हुने, सोसाइटीमा सामेल हुन समेत अप्ठ्यारो मान्ने हुन्छन् । 


डण्डिफोर भएमा खाना बार्नु पर्छ, यो खाने यो नखाने भन्ने भ्रम रहेको छ । सामान्यतया डण्डिफोर हुदैमा खान नहुने भन्ने छैन । यदि डण्डिफोर भएमा खाने कुरामा चकलेट, आइसक्रिम, धेरै गुलियो , दुधबाट बनेका विभिन्न परिकार धेरै खानु हुदैन भन्ने मान्यता पनि रहेको छ । भिटामिन सी युक्त खानेकुरा अमिलो, भोगटे, सुन्तलामा बढी जोड दिनु राम्रो हुन्छ ।
डण्डिफोर प्राय जसो गर्मी मौसमा बढी देखिने हुन्छ । तापक्रमले यसलाई असर गर्ने हुँदा गर्मीमा विशेष ध्यान दिनुपर्छ । अनुहारमा बढी चिल्लो आउने हँुदा फेसवासले अनुहारलाई राम्रोसँग धुनु राम्रो मानिन्छ । 
डण्डिफोर भएमा राति अबेरसम्म बस्ने अथवा अनिदो हुनु हुदैन । अनिदो बस्नु भनेको डण्डिफोरलाई प्रशय दिनु हो । त्यसकारण समयमै सुत्ने र समयमै उठ्ने गर्नुपर्छ ।  साथै, कपालमा अनावश्यक तेल, जेलको प्रयोग नगर्ने, क्रिमको प्रयोग धेरै गर्नु हुँदैन । 


डण्डिफोर निको भएपनि दागको रुपमा लामो समयसम्म बसिरहन्छ । त्यसैले डण्डिफोरलाई चाँडो निको बनाउने धुनमा यसलाई चलाउने, थिच्ने, निचोर्ने, फुटाउने गर्नु हुदैन । जसका कारण अनुहारमा दाग बस्न जान्छ । 
डण्डिफोर आफै निको नभएमा यसलाई चलाउनु, निचोर्नु भन्दा चिकित्सकसँगको सल्लाह अनुसार उपचार गर्नुपर्छ । साथै, यसमा बसेको दाग हटाउन अनावश्यक क्रिमको प्रयोग गर्नु गर्दा छालामा साइडइफेक्ट हुनसक्छ । 

डा. खतिवडासँग बासुदेव न्यौपानेले गरेको कुराकानीमा आधारित

 

Last modified on 2016-11-03 17:11:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts