लुम्बिनी प्रादेशिक अस्पतालद्वारा ४८ घन्टाभित्र सटर खाली गराउन व्यवसायीलाई चेतावनी



Download our app to get more features

रुपन्देही, २१ माघ । लुम्बिनी प्रादेशिक अस्पतालले ४८ घन्टा भित्र सटर खालीगराउन व्यवसायीलाई अल्टीमेटम दिएको छ । 

सामाजीक विकास मन्त्रालयले अस्पतालमा भएका सटरहरुलाई ४८ घन्टाभित्र खाली गराउन निर्देशन  दिए अनुसार अस्पतालले उक्त सूचना प्रकाशित गरि अल्टीमेटम दिएको हो । अस्पतालले माघ २२ गते भित्र सटर खाली गराउन निर्देशन दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालद्वारा हस्ताक्षरित सुचनामा तोकिएको समयसम्म सटर खाली नगराए भत्काउँदा हुने हानी नोक्सानीको जिम्मेबार अस्पताल नहुने उक्त सूचना मार्फत जानकारी गराएको छ ।

प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई नमूना अस्पताल तथा प्रदेशको गौरवको आयोजनाको रूपमा विकास गर्न सटरहरू भत्काई मापदण्डअनुरूप नयाँ पर्खाल निर्माण गर्ने जनाएको छ । प्रदेश सरकारमातहत आएपछि सरकारले यसको स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

अस्पतलमा ७२ वटा सटर रहेका छन् । ती सटरको भाडाबाट वार्षिक झन्डै ९ करोड आम्दानी भए पनि  प्रदेश सरकारले सटरका कारणले अस्पतालको स्वरुप बिग्रीएकोले भत्काए नयाँ संरचना बनाउने तयारी जनाएको छ ।

प्रदेश सरकारले प्रदेशको गौरवको आयोजना यो अस्पतालाई राखेको हुदाँ बजेट समस्या नहुने सामाजीक बिकास मन्त्री शुदर्शन बरालले बताए ।

प्रदेश सरकारले प्रवक्ता एवं भौतिक पुर्वधार विकास मन्त्री बैजनाथ चौधरीले यसअघि अदालतको आदेश आउन साथ सटर भत्काउन डोजर लैजाने बताए । 

सटर भत्काउने भनि गरेको निर्णयविरुद्ध जिल्ला अदालतमा परेको मुद्दामा अदालतले अन्तरकालीन आदेश  आईतबार खारेज गरिदिएको छ । अदालतको यो निर्णयसँगै अस्पतालका सटरहरु भत्काउन अस्पताल प्रशासनलाई बाटो खुलेको छ । 

अस्पतालविरुद्ध २६ व्यापरीले मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले २०७६ मंसिर १३ गते विपक्षका नाममा निवेदकहरुलाई करार सम्झौता अनुसार भाडाका पसलबाट नउठाउनु भनि अन्तरकालीन आदेश जारी भएको थियो । 

Last modified on 2020-02-04 09:55:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts