यसरी थर्काए नोबेलका सुनील शर्माले विद्यार्थी र अभिभावक (भिडियो सहित)

भन्छन्ः चिकित्सा शिक्षा आयोगलाई टेर्दिन



Download our app to get more features

विराटनगर, २१ माघ । चिकित्सा शिक्षा आयोगले ताकेको भन्दा बढि शुल्क लिन विद्यार्थी र अभिभावकलाई दवाव दिइरहेको विराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले धम्कीपूर्ण भाषामा विद्यार्थी र अभिभावकलाई थर्काएको भिडियो बाहिरिएको छ । 

आयोगले तोके बमोजिम पहिलो किस्ता स्वरुप १४ लाख ३८ हजार तिरिसकेको विद्यार्थीहरुबाट अरु पैसा असुल्न शर्माले धम्की दिएका हुन् । बाहिरिएको भिडियोमा उनले चिकित्सा शिक्षा आयोगको निर्देशन नमान्ने खुलमखला बताएका छन् । काठमाडौं विश्वविद्यालयको निर्देशनमात्र मान्ने भन्दै उनले विद्यार्थीले छात्रवास तथा इन्टर्नसिप लगायत अन्य शुल्क बुझाउनै पर्ने ढिपी कसेका छन् । यता, काठमाडौं विश्वविद्यालयले भने  सार्वजनिक सूचना प्रकाशन गर्दै आयोगले भने बाहेकको अतिरिक्त शुल्न नलिन कलेजहरुलाई शुल्क नलिन निर्देश गरेको छ । 

यता नाबेल मेडिकल कलेजले तोकिएको भन्दा अस्वभाविक रुपमा रकम असुल्न थालेपछि कलेजमा भर्ना हुन आएका विद्यार्थी र तिनका अभिभावक सहित ४० जनाले सोमबार नै जिल्ला प्रशासन कार्यालय मोरंगमा उजुरी हालिसकेको छन् । यता डा. शर्मा भने विद्यार्थी र तिनका अभिभावकलाई एक्लाएक्लै बोलाएर पैसा नदिए कक्षामा सहभागी नगराउने, परीक्षा दिन नपाउने लगायत धम्की दिएर पैसा असुल गरिरहेको पीडित विद्यार्थीहरुले बताए । 

भिडियो हेर्नुहोस्

 

Last modified on 2020-02-03 18:46:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts