नोबेल मेडिकल कलेजका सञ्चालक शर्माले अवैध शुल्क माग्दै धम्की दिएपछि सिडियो कार्यालयमा उजुरी



Download our app to get more features

विराटनगर, २१ माघ । बिराटनगरको नोबेल मेडिकल कलेजका सञ्चालकले सरकारले ताकेभन्दा धेरै शुल्क माग्दै विद्यार्थी र अभिभावकलाई धम्क्याएको पाइएको छ । 

नेपाली काँग्रेसका नेता समेत कलेज सञ्चालक डा. सुनील शर्मा लगायत कलेजका प्रतिनिधिहरुले आफुहरुलाई अवैध शुल्क भराउन भन्दै दवाव र धम्की दिएको विद्यार्थी र अभिभावकहरुले गुनासो गरेका छन् । कलेजको धम्कीपश्चात ४० जना अभिभावक र विद्यार्थी संयुक्त उजुरी लिएर जिल्ला प्रशासन कार्यालय मोरंगमा पुगेका छन् । 

उनीहरुले कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेबमोजिम पहिलो किस्ताबापत १४ लाख ७८ हजार रकम बुझाईसकेपनि कलेजले छात्रवासका लागि भन्दै अस्वभाविक रुपमा पाँचवर्षको अग्रिम भुक्तानी भन्दै अर्को ७ लाख ४० हजार रकम जम्मा गर्न दवाव दिएको उजुरीमा उल्लेख छ । त्यस्तै आन्तरिक र बोर्ड परीक्षा शुल्कको नाममा  १७ लाख ३५ हजार, पाँचवर्षपछि कलेजले नै वेतन दिएर लगाउनुपर्ने इन्टर्नसिपको नाममा कलेजले सुरुमै ४ लाख ४ हजार जम्मा गराउन दवाव दिएको छ । साथै प्रवेश परीक्षा शुल्क भन्दै ३ हजार र अन्य विश्वविद्यालय र कलेजको नियमानुसार भनेर भविष्यमा पनि पैसा असुल्न सक्ने बाटो राखेको पीडित अभिभावक र विद्यार्थीरुले जनाएका छन् । 

चिकित्सा शिक्षा आयोगले यसअघि नै विद्यार्थीले तिर्नुपर्ने अधिकतम शुल्क निर्धारण गरिसकेको छ । तोकभन्दा बढि शुल्क लिने मेडिकल कलेजलाई कार्वाही गर्ने आयोगले जनाएपनि कुनैपनि कलेज उपर कार्वाहीको प्रकृया अघि बढेको छैन ।  यसअघि विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज तथा अन्य मेडिकल कलेजहरुपनि पनि बढि शुल्क लिएको भन्दै विद्यार्थीहरुले उजुरी हालिसकेका छन् । 

Last modified on 2020-02-03 13:39:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts