चीनभन्दा बाहिर पनि कोरोनाका कारण एक व्यक्तिको मृत्यु, चीनमा संक्रमितको संख्या १४ हजार पुग्यो



Download our app to get more features

 फिलिपिन्स, २० माघ । कोरोनाभाइरसको सङ्क्रमणका कारण चीनभन्दा बाहिर पहिलो पटक एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ४४ वर्षका एक व्यक्ति हु । विश्व स्वास्थ्य संगठनका अनुसार ती व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए ।

मृत्यु हुने ती पुरुष हङ्कङको बाटो हुँदै एक ३८ वर्षीया महिलासँग फिलिपिन्स आएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । ती महिलामा पनि सङ्क्रमण भएको पुष्टि भएको छ ।

ती पुरुषलाई मनिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई गम्भीर खालको न्युमोनिया भयो ।

फिलिपिन्सस्थित विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि रवीन्द्र अभयसिङ्घेले सर्वसाधारणलाई विचलित नहुन आग्रह गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिएको थियो ।

अहिलेसम्म कोरोनाभाइरसका कारण १४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् भने चीनमा मात्रै मृत्यु हुनेको संख्या ३ सय भन्दा बढी पुगिसकेको छ । 

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ ।

अमेरिका, अस्ट्रेलिया, जापान सहित अहिलेसम्म कोरोनाको संक्रमण विश्वका २८ भन्दा बढी मुलुकमा फैलिसकेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts