चीनमा रहेको नेपाली विद्यार्थिको उद्धार र सुरक्षित व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन

काठमाडौं, १९ माघ । सरकारले कोरोना भाइसरको केन्द्र हुवानमा रहेका नेपाली विद्यार्थिको उद्धार र सुरक्षित व्यवस्थापन गर्नका लागि आवश्यक गृहकार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । १८ माघमा प्रधानमन्त्री उपस्थितिमा सरोकारवाला मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थितिमा बसेको बैठकले विद्यार्थिको उदार तथा सुरक्षित व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिएको हो ।
चीनबाट प्रस्तान गर्न विमानस्थलमा स्वास्थ्य परीक्षण हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै नेपाल आउने यात्रुको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा राखी उपचार हुने छ । साथै अन्य यात्रुलाई दुई हप्तासम्म निगरानीका लागि छुट्टै स्थानमा राख्नुपर्ने अन्तराष्ट्रिय स्वास्थ्य निगमको प्रावधान पालना गरिने पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
चीनमा रहेका अन्य देशका नागरिकलाई कोरोना भाइरसको संक्रमण फैलन थालेपछि उदार गर्ने कार्य भईरहेको छ । नेपालले पनि अब आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने तयारीमा जुटेको छ ।