औषधि व्यवस्था विभागको आग्रहः मास्क, ग्लोव्स र ह्याण्ड सेनिटाइजरको निर्यात नगर्नु

काठमाडौं, १९ माघ । औषधि व्यवस्था विभागले विभिन्न किसिमका स्वास्थ्य सामाग्रीको बजारमा अभाव स्थिति आउन नदिन सम्बन्धित सबैलाई आग्रह गरेको छ । बजारमा माक्स ग्लोव्स र ह्याण्ड सेनिटाइजरको अत्याधिक माग भैरहेको जनाएको छ । त्यस्ता सामाग्री निर्यात नगर्न व्यावसायीहरुलाई आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढी रहेका बेला नेपाली बजारमा भाइरसको संक्रमण रोकथाम नियन्त्रण केहिहदसम्म गर्न सक्ने मास्क ग्लोव्स र ह्याण्ड सेनिटाइजरको निर्यात नगर्न आग्रह गरेको हो ।
साथै विभागले यी वस्तुको मौज्दात कायम राख्न, मूल्य नबढाउन र देशभर उपलव्ध गराउन समेत आग्रह गरेको छ ।