कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन माक्स र नमस्ते  



Download our app to get more features

चितवन, १९ माघ । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरसको सम्भावित जोखिमबाट जोगिन माक्सको प्रयोग  र नमस्ते गर्न आग्रह गरेको छ । 

पछिल्लो समय चिनबाट फैलिरहेको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिनेक्रम छ । विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरिसकेको अवस्थामा यसबाट कसरी जोगिने  भन्ने बारे अस्पतालले सन्देश प्रवाह गर्न थालेको हो । 

  चिकित्सक तथा स्वास्थ्यकर्मी र सर्वसाधारणलाई सुरक्षित रहन माक्स र हात मिलाउनुको साटो नमस्ते गर्नु पर्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

सर्वसाधारणलाई सचेत रहन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

Last modified on 2020-02-04 15:11:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts