चिकित्सक संघको निर्वाचन: उपत्यकामा पहिलो दिन खस्यो ३ सय २६ मत

काठमाडौं, १७ माघ । नेपाल चिकित्सक संघको दोस्रो चरणको निर्वाचनको शुक्रबार पहिलो दिन ३ सय २६ मत खसेको छ । बिहान १० बजे देखि ४ बजेसम्म भएको मतदानमा जम्मा ३ सय २६ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम मराशनीले जानकारी दिए उपत्यका भरी एउटै मतदान केन्द्र संघको कार्यलयमा तोकिएको छ ।
उपत्यकामा ७ हजार चिकित्सकले मतदान गर्ने अनुमान छ ।
काठमाडौं उपत्यकामा चिकित्सक संघको निर्वाचन शुक्रबार बाट सुरु भएको हो । यस अघि ४ र ५ माघमा पहिलो चरणमा उपत्यका बाहिर संघको निर्वाचन सम्पन्न भैसकेको छ । उपत्यकामा भने २१ माघ सम्म मतदान गर्न पाउने व्यवस्था रहेको छ ।
Last modified on 2020-01-31 16:49:43