बसन्तपुर प्रथामिक स्वास्थ्य केन्द्रमा नि:शुल्क बन्ध्याकरण शिविर सम्पन्न

रुपन्देही, १७ माघ । ओमसत्तिया गाउँपालिकामा रहेको बसन्तपुर प्रथामिक स्वास्थ्य केन्द्रमा निशुल््क परिवार नियोजन महिला तथा पुरुष बन्ध्याकरण शिबिर सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीको संयोजनमा ओम सतिया गाउँपालिका, बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र र परिवार नियोजन संघ बुटवलको संयुक्त आयोजनामा निशुल्क शिबिर सम्पन्न भएको हो।
शिविरबाट ओमसतिया गाउँ पालिकाका वडा नं ३,४,५ र ६ का ३२ जना महिलाले सेवा लिएका छन । तिमध्ये २४जना महिलाले स्थायी परिवार नियोजन मिनिल्याप गराएका छन।
शिविरमा सेवा लिन आउने सेवाग्राही तथा आफन्तहरुलाई स्वास्थ्य सस्था सम्म ल्याउन लैजाने ब्यबस्था मिलाएको बसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्र सुचना अधिकारी सस्मिता खत्रीले बताईन । शिबिरमा डा शतिस रुपाखेति लगायको टिमले सेवा दिएको खत्रीले बताईन ।