कोरोना भाइरसको संक्रमणलाई लिएर बेलहिया नाकामा कडाइ, सीमामा दुवै तर्फ राखियो हेल्थ डेस्क



Download our app to get more features

रुपन्देही, १७ माघ । चीनबाट फैलिदै गएको कोरोना भाईरसको जोखिमलाई ध्यानमा राखेर बेलहिया नाकामा सतर्कता बढाइएको छ । 

भारतभन्दा पहिले नेपालमा कोरोना भाइरस देखिएकाले भारत र नेपाल दुवै सरकार सचेत हुँदै सीमा नाकामा सतर्क भएको हो । 

भारतबाट नाका हँुदै सबैभन्दा बढी पर्यटक भित्र्याउने बेलहिया सीमा नाकामा कोरोनाबारे चेकजाँच तथा यसको सचेतनाको लागि हेल्थ डेस्क स्थापना गरिएको छ । 

यस्तै भारतले पनि आफ्नो देशमा आउने विभिन्न पर्यटकहरुलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरेको छ । 

बेलहिया–सुनौली नाका भएर दैनिक शयांैको संख्यामा पर्यटक आवागमन हुने भएकोले यस क्षेत्रमा सर्तकता बढाइएको हो । भारतमा गत मंगलबारदेखि नै हेल्थ डेस्क राखी सेवा प्रदान भई रहेको थियो । तर, नेपाल तर्फ बिहिबारबाट मात्रै यो सेवा राखिएको छ । 

अध्यागमन कार्यालय नजिकै राखिएको हेल्थ डेस्कमा सर्व प्रथम भिसाको लागी आउने बिदेशी पर्यटकहरुलाई परामर्शको लागी क्याम्पमा पठाउने गरिएको छ । क्याम्पमा रहेका स्वास्थ्यकर्मीहरुको परामर्श पछि शंकास्पद पर्यटकलाई नजिकैको अस्पतालमा थप चेकजाँचको लागी पठाउने व्यवस्था गरिएको छ । 

अध्यागमन कार्यालय भैरहवाका प्रमुख गिरीराज खनालका अनुसार अध्यागमन कार्यालयमा बिभिन्न देशबाट आउने पर्यटक र टुर गाईडहरुलाई भिसा दिनु अगावै हेल्थ क्याम्पमा परामर्शको लागी पठाउने गरेको बताए । 
यसरी परामर्शका लागी आएका पर्यटकहरु मध्ये शंकास्पद र असल समस्या भएको ब्यक्तिको पहिचान गरि भैरहवाको भिम अस्पताल अथवा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा पठाउने ब्यवस्था भएको अनमि गंगा कंडेले जानकारी दिईन । 

बिहिबारबाट सुरु भएको डेस्कमा अहिले सम्म शंकास्पद बिरामी भने भेटिएका छैनन् । नेपाल मात्र हैन भारत तर्फ पनि मंगलबार नै डे

को स्थापना भए पनि अहिले सम्म त्यस्तो बिरामी देखिएका छैनन् । भारतमा पहिलो दिन ११ दोश्रो दिन ६७ र तेश्रो दिन २० जना बिरामीलाई परामर्श दिईएको थियो । नेपालमा जस्तै भारतमा पनि अध्यागमन कार्यालय मार्फत आउने पर्यटकलाई परामर्श गरि शंकास्पदलाई सरकारी अस्पतालमा पठाउने व्यवस्था गरिएको डा. शेफाली गुप्ताको भनाइ छ । 

हेल्थ क्याम्प बिहान ७ बजेदेखि साझको ८ बजे सम्म सञ्चालन हुदै छ । सार्क मुलुक लगायत अन्य राष्ट्रबाट पनि यहि नाका हुदै पर्यटकहरु भित्रिने गरेका छन् । 

भैरहवामा स्थापना भएको हेल्थ डेस्कमा सिद्धार्थनगर नगर पालिका कार्यालयको आयोजनामा जिल्ला प्रशासन कार्यालय, स्वाथ्य कार्यालय रुपन्देही, भिम अस्पताल, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, सुरक्षा निकायहरुको समन्वयात्मक भुमिका रहेको  जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख डा रामचन्द्र गिरीले बताए ।

Last modified on 2020-01-31 08:58:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts