प्रदेश ५ मा जनस्वास्थ्य प्रयोगशालाको स्थापना



Download our app to get more features

रुपन्देही, १७ माघ । प्रदेश ५ मा प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना भएको छ ।

प्रयोगशालाको उद्दघाटन गर्दै सामाजिक विकासमन्त्री सुदर्शन बरालले जनस्वास्थ्य मानवसँग प्रत्यक्ष जोडिएकाले मन्त्रालयले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकता दिएको बताए । उनले बजारमा स्वास्थ्य प्रयोगशालाहरुबीच अस्वस्थ प्रतिस्पर्धा देखिएकोले स्वास्थ्य क्षेत्रको लागि त्यो उचित नहुने उल्लेख गरे ।

अस्वस्थ्य प्रतिस्पर्धा भन्दापनि गुणस्तरीय सेवा प्रदान गर्न र दिर्घकालिन सोचाई राख्न प्रयोगशाला सञ्चालकहरुलाई उनले आग्रग्रह गरे । 

मन्त्री बरालले प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्माणकालागि जग्गाको खोजी भईरहेको बताउदै स्थानीय तहसँग सहकार्य गरेर अघि बढ्ने बताए । 

सामाजिक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनालले स्वास्थ्य सेवालाई तिन तहको सरकार छुट्टा छुट्टै संचालन गर्ने भन्दा पनि एकिकृत भएर लैजान सकेमात्र सेवा प्रभावकारी हुन सक्ने बताए । 

तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले  प्रदेश स्तरीय प्रयोगशालाको लागि तिलोत्तमा नगरपालिका जग्गा दिन तयार रहेको बताउदै उपयुक्त स्थानमा प्रयोगशाला निर्माणमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

जन स्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले अहिले १२ जनाको दरवन्दी रहेको जानकारी दिदै प्रयोगशालाको लागी स्याम्पल लिन शुरु गरिने बताए । प्रदेश स्तरीय प्रयोगशालाले कार्यादेश पश्चात प्रदेशमा प्रयोगशाला संचालनको अनुमति प्रदान गर्ने नियमन गर्ने तथा ल्याब टेष्टको कार्य गर्ने डा गिरीले बताए । 

उदघाटन कार्यक्रममा  प्रदेश ५ का स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनाल स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

Last modified on 2020-01-31 08:44:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts