कोरोना भाइरसको संक्रमणलाई लिएर डब्लूएचओले गर्यो विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा



Download our app to get more features

काठमाडौं, १७ माघ । विश्वस्वास्थ्य सङ्गठनले नोवेल कोरोनाभाइरसको सङ्क्रमणलाई लिए विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ ।

चीनमा देखिएको यो भाइरसका कारण दुई सय जनाभन्दा बढीको मृत्यु भइसकेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमणलाई विश्वव्यापी सङ्कट घोषणा गरिएको हो । 

चीनभन्दा बाहिर कोरोना फैलन सक्ने सम्भाव्यतालाई देखेर विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरिएको डब्लुएचओले जनाएको छ ।
चिनियाँ अधिकारीका भाइरसका कारण अहिले सम्म २ सय भन्दा बढीको मृत्यु भइसकेको छ । 

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्दै चीनबाहिर यसको अवस्थालाई लिएर सचेत हुँदै घोषणा गरिएको बताए ।

चीनबाहेक नेपालसहित १८ देशमा ९८ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । तर, अन्य मुलुकमा भने अहिलेसम्म कोरोना भाइरसका कारण कसैको मृत्यु भने भएको छैन ।

Last modified on 2020-01-31 08:35:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts