बुटबलमा पनि मनाईयो ५८ औं नर्सिङ दिवस



Download our app to get more features

रुपन्देही, १६ माघ । ‘गुणस्तरीय नर्सिङ सेवा जेष्ठ नागरिको स्वास्थ्यमा टेवा’  भन्ने नाराका साथ नेपाल नर्सिङ संघ बुटबल ईकाई तथा सम्पुर्ण नर्सिङ कर्मचारी लुम्बिनी प्रादेशिक अस्पताल बुटबलले ५८ औँ नर्सिङ दिवस मनाएका छन् ।

नेपाल नर्सिङ संघ बुटबल ईकाई अध्यक्ष कुमारी हरी केसीको अध्यक्षमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र खनालले नर्सिङ संघको लागी छुटै अफिस बनाउन पहल गर्ने बताए । डा खनालले नर्सहरुले ओभर टाईम गरेवापत भत्ता दिने व्यवस्थाको लागी अस्पतालमा पहल गर्ने बताए । 

कार्यक्रममा अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले अस्पतालमा गुणस्तरिय सेवा दिनका लागी नर्सहरुलाई नयाँ तालिम र पुराना भएका लाई रिफ्रेसर तालिम दिनुपर्ने बताईन् । पौडेलले नर्सिङ पेशा चुनौती बन्दै गएको बताउदै नर्सहरुले मुस्कान सहितको सेवा दिनुपर्ने ।

कार्यक्रममा नर्सिङ अधिकृत कान्ति पान्डेले नानको बारेमा नर्सिङ अधिकृत श्रृष्टि कोईरालाले नाराका बारेमा र दिक्षा रिजाल र जमुना पन्थीले  गितको माध्यमबाट मनोरञ्जन गराएका थिए ।

नेपाल नर्सिङ संघ बुटबल ईकाई समितिका कोषाध्यक्ष लक्ष्मी गैरेको स्वागत संघका सचिब बिष्णु पन्थीको संञ्चालनमा ५८ औं नर्सिङ  दिवस मनाईएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts