कोरोना भाइरसको संक्रमण रोक्नका लागि तातोपानी र रसुवा नाका १५ दिनका लागि बन्द

काठमाडौं, १६ माघ । सरकारले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सर्तकता अपनाउँदै सिन्धुपाल्चोक र रसुवा नाका बन्द गरेको छ ।
कोरोना भाइरसको संक्रमण बढेको बेला सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल तथा चीन–नेपालको सिमाना तातोपानी र रसुवागढी नाकाबाट आउने पर्यटकको जाँचमा कडाइ गर्दै १५ दिनका लागि चिनियाँ पर्यटकको आवातजावतमा रोक लगाएको हो ।
नेपाल चीन सीमा नाकामा रोक नलगाएपनि सचेतना भने बढाईएको छ । नेपाल–चीन दुवैको सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट आउने पर्यटकको स्वास्थ्य परिक्षण समेत गर्ने व्यवस्थाका लागि हेल्थ डेस्क स्थापना गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।
चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला संक्रमण हुनसक्ने भन्दै आवागमनमा कडाइ गरिएको रसुवागढी नाका रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईको भनाइ छ ।
चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि अन्य भारतीय नाकामा पनि सतर्कता अपनाइएको सरकारले जनाएको छ ।