१६ महिनादेखि रिक्त बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. लामिछाने नियुक्त



Download our app to get more features

चितवन,१४ माघ । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डेपुटी डाइरेक्टर डा. निर्मल लामिछाने अस्पताल संचालक समितिको अध्यक्षमा नियुक्त भएका छन् ।

झन्डै १६ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा सरकारले गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट डा. लामिछानेलाई अध्यक्षमा नियुक्त गरेको हो। 

गत वर्ष असोज ३ गतेबाट डा. प्रकाशराज न्यौपानेले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेसँगै अध्यक्षको पद रिक्त थियो । यसअघि अध्यक्ष पदका लागि विभिन्न व्यक्तिको बारेमा चर्चा चलेपनि सरकारले यसको टुङ्गो लगाउन सकेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यक्षका लागि डा. निर्मल लामिछानेको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। स्वास्थ्यमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषद्ले अध्यक्षको नियुक्ति गर्ने प्रावधान छ । 

लामो समयदेखि अस्पतालमा कार्यरत डा. लामिछाने सर्जरी विभागका प्रमुख समेत रहेका छन् । उनले आजै स्वास्थ्य मन्त्रीबाट सपथग्रहण समेत गरेका छन् ।

Last modified on 2020-01-29 14:47:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts