सिंगारिँदै टेकु अस्पताल (फोटोसहित)



Download our app to get more features

काठमाडौं, ७ माघ । नेपालको एक मात्र सरुवा रोग अस्पताललाई अहिले सिंगारिदै छ । टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल जसलाई टेकु अस्पताल पनि भन्ने गरिन्छ । अस्पताल भवन तथा अस्पताल परिषरमा रहेका फोहोरमैलालाई धमाधम व्यवस्थापन गर्ने काम भइरहेको ।  अस्पताल पुग्दा सामान्य मान्छे पनि बिरामी पर्लाकी भन्ने डर हुने अस्पताल अहिले केही हदसम्म चिटिक्क परेको छ । पहिले अस्पताल पुगेका मानिस अहिले पुग्दा आहा भन्दै टक्क उभिएर एक पटक सबै हेरौं हेरौं लाग्ने देखिएको छ । 

अस्पतालका वार्डहरुमा भएका पुराना वेड हटाइएको छ । कुरा आकास्मिक कक्षमा पनि नयाँ वेड र रंगरोगन गरिएको छ ।  आकस्मिक कक्षमा ६ वटा नयाँ वेड राखिएका छन् भने अस्पतालका वार्ड लगायत सबै कक्षमा रंगरोगन सकिएको छ । अस्पतालसँगैको एआआरटि सेवा रहेको भवनमा प्रवेश गर्ने दायाँ र वायाँपटि सँधै थुप्रिरहने  फोहोरको पनि व्यवस्थापन गरिएको छ । तर त्यस ठाउँमा रहेको एउटा बिग्रिएको मेसिन र एम्बुलेन्स भने अन्यत्र लगिएको छैन् । यी दुवैलाई तत्काल त्यही ठाउँमा राख्ने अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।

अस्पतालको भित्रि भागमा रंग लगाउने काम सकिएपनि बाहिर भने केहि काम बाँकी रहेको छ । वाहिरपट्टी पनि रंग लगाउने काम अन्तिम चरणमा रहेको बास्तोलाले बताए । उनका अनुसार अस्पतालमा रंग लगाउने काम र वेडको व्यवस्था ग्लोवल फन्ड र सेभ द चिड्रेनको सहयोग भएको हो ।  यी दुई संस्थाको सहयोगमा अस्पतालमा जम्मा ५२ वटा नयाँ वेड आएका छन् । साथै, बिरामी एक ठाउँबाट अर्काे ठाउँमा सार्न स्टेचर वेड र आकास्मिक कक्षमा मनिटर सहितका दुई वटा वेड थपिएका छन् ।

 

 

Last modified on 2020-01-23 13:06:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts