कैलालीमा प्रदेशस्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र सुरु

बेल्जियमकी राजकुमारी र स्वास्थ्यमन्त्रीद्वारा संयुक्त उद्घाटन



Download our app to get more features

धनगढी, ६ माघ । कैलालीमा स्थापना भएको क्षयरोग उपचार प्रेषण तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ६ श्रीपुरमा लक्ष्मीनारायण क्षयरोग उपचार तथा अनुसन्धान केन्द्रको उद्धघाटन गरिएको हो ।

बेल्जियमकी राजकुमारी एस्ट्रिड र स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले सयुक्त रुपमा अनुसन्धान केन्द्रको उद्धघाटन गरे ।  क्षयरोग अनुसन्धान केन्द्रमा दामियन फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो भने मानव संशोधन विकास प्रतिष्ठानकोे भौतिक पुर्वाधारमा सहयोग रहेको प्रदेश स्वास्थ निर्देशनालय दीपायलले जनाएको छ ।

९ वर्ष अगाडी सो स्थानमा धनगढी ईन्टरनेशलन कलेज निर्माण गर्ने योजना अगाडी बढाईएको थियो । मानव संशाधन प्रतिष्ठान धनगढीले महायज्ञको आयोजना गर्दै कलेज स्थापना गर्ने भनेर स्थानीयबाट एक करोड ८० लाख संकलन गरेको थियो ।

तर सो स्थानमा कलेज स्थापना हुन नसकेपछि क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना गरिएको हो । प्रदेश स्तरीय क्षयरोग उपचार तथा अनुसन्धान केन्द्र स्थापना भएपछि क्षयरोगकाबिरामीलाई उपचारका लागि सहज हुने ठानिएको छ । 

Last modified on 2020-01-23 13:23:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts