चिकित्सक संघको निर्वाचनमा उपत्यका बाहिर खस्यो २८ सय ५१ मत

काठमाडौं, ५ माघ । नेपाल चिकित्सक संघको उपत्यका बाहिरको निर्वाचन सम्पन्न भएको छ । १६ ठाउँमा भएको निर्वाचनमा जम्मा २८ सय ५१ मत खसेको प्रमुख निर्वाचन अधिकृत बाबुराम मरासिनीले बताए ।
नेपाल चिकित्सक संघको निर्वाचनमा आइतवार दोस्रो दिन चितवनमा २ सय १२ मत खसेको छ । शनिवार खसेको १सय ८५ मत सहित कुल ३ सय ९७ मत खसेको प्रमुख मतदान अधिकृत डा. श्रीराम तिवारीले हाम्रो डाक्टर न्युजलाई जानकारी दिए । तर चितवनमा मतदाता भने ४ सय ५०रहेका थिए । चितवनमा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
मतपत्र दुई दिनको लागि जिल्ला प्रहरी कार्यलय चितवनमा राख्ने निर्णय भएको प्रमुख मतदान अधिकृत डा. तिवारीले बताए ।
यता लुम्बिनिमा पनि निर्वाचन शान्तिर्पूण सम्पन्न भएको छ । ३ सय ३४ जना मतदाता रहेको लुम्बिनीमा ३ सय १६ मत खसेको चितवन शाखा अध्यक्ष डा नन्दा गुरुङले बताइन् ।
नेपाल चिकित्सक संघको २८ औं कार्यसमितिका लागि उपत्यका बाहिर शनीवार आइतवार निर्वाचन भएको हो । काठमाडौं उपत्यकामा भने दोस्रो चरणमा १७ देखि २१ माघमा निर्वाचन हुने छ ।