रुपन्देहीको मायादेवीमा योग दिवसमा अन्तरक्रिया

रुपन्देही, १ माघ । रुपन्देहीको मायादेवी गाउँपालिकामा पाँचौ योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
योग र योगले मानव स्वास्थ्यमा पर्ने प्रभाव र योगको महत्वका विषयमा अन्तरक्रिया गरिएको थियो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले सर्ने रोग भन्दा नसर्ने रोगको महामारी बढ्दै गएकाले मानिसको दैनिक जिवनमा योग अति आवश्यक रहेको बताए । उनले नसर्ने रोगको लागी योग अत्यन्तै उपयोगी हुने पनि उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष ध्रव नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रमम गाउँपालिका आयुर्वेद शाखा प्रमुख कविराज निरीक्षक ध्रुव भण्डारीले कार्यपत्र प्रस्तुत गर्दे योगको ऐतिहासिक महत्व दैनिक योग अभ्यासबाट मानव स्वास्थ्यमा पर्ने प्रभाव र योगको चर्चा गरेका थिए ।
कार्यपत्रमाथि शिक्षा शाखा प्रमुख नारायण प्रसाद लामिछाने आयुर्वेद चिकित्समा निहीत योगले शरिर स्वास्थ्य मनमा शान्ति आत्मसन्तुष्टी हुने हुदा यसलाई अपनाउन सके स्वास्थ्य समाज निमार्णमा महत्वपुर्ण योगदान रहने बताए ।
वडा अध्यक्ष चोक बहादुर थापा समाजसेवी श्रीराम यादव, भाग्यमान मर्हजन लगायले बोल्दै योगलाई सबै वडामा विस्तार गर्दे लगे स्वास्थ्य समाजमा महत्वपुर्ण हुने बताए ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भास्कर आत्रेयले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद ढुंगानाले स्वागत मन्तव्य राखेका थिए ।