लुम्बिनी प्रादेशीक अस्पतालको नर्सिङ प्रमुखको जिम्मेबारी पौडेललाई

रुपन्देही, २९ पुष । लुम्बिनी प्रादेशीक अस्पताल बुटबलको नर्सिङ प्रमुखको जिम्मेबारी नर्सिङ अधिकृत ज्योति पौडेललाई दिईएको छ ।
नर्सिङ प्रमुख दुर्गा पौडेलले स्वेच्छिक राजीनामा दिएपछि पौडेललाई नर्सिङ प्रमुखको जिम्मेबारी दिएको हो ।
माघ १ गतेदेखि लागु हुने गरि पौडेललाई जिम्मेबारी तोकिएको अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए ।
प्रादेशीक अस्पतालमा नबौ तहको नर्सिङ प्रशासक ईन्चार्ज हुने व्यवस्था भएपनि केहि वर्षदेखि ईन्र्चाज खाली थियो । पौडेल लुम्बिनी प्रादेशीक अस्पतालमा नर्सिङ अधिकृतको रुपमा कार्यरत छिन् ।