चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी दुर्गा प्रसाईं विरुद्ध अदालत जाँदै



Download our app to get more features

काठमाडौं, २८ पुस । मेडिकल कलेजलाई सम्बन्धन दिलाउन २० करोड घुस मागेको आरोप लगाएका बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं विरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी अदालत जाने भएका छन् । 

प्रसाईंले निराधार हल्ला गरेको भन्दै आरोप लागेकै दिन पत्रकार सम्मेलन गरेका गिरी अदालत जाने भएका हुन् । गिरी निकट स्रोतका अनुसार उनले प्रसाई विरुद्ध हदैसम्मको सजायँ माग गर्दै मानहानी, चरित्रहत्या र झुठा आरोपको मुद्दा दर्ता गर्दैछन् । प्रसाईंले आरोप लगाएसँगै त्यसको प्रमाण पेश गर्न गिरीले चुनौति दिएका थिए । मुद्दा प्रकृयाबारे सोध्दा डा. गिरीले मुद्दा हाल्ने तयारी भइरहेको बताए । यद्यपी उनले प्रसाईं विरुद्ध कस्तो मुद्दा हाल्ने भने खुलाएनन् । उनले भने, 'मुद्दा हाल्ने तयारी भएको छ । बाँकी मुद्दा हालेपछि भन्छु ।' 

डा. गिरीलाई आयोगको उपाध्यक्ष बनाएका शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेकपा नेता नारायणकाजी श्रेष्ठसम्मलाई प्रसाईंले घुस प्रकरणमा मुछेका छन् । प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन गिरीले २० करोड घुस मागेको र नभए आफ्नो सम्धीको नाममा १० प्रतिशत शेयर दिन राजधानीको होटल द्वारिकामा बोलाएर दवाव दिएको दावी गरेका थिए । नेकपा अध्यक्ष प्रचण्ड निकट मानिएका प्रसाईंले आफ्नो पूर्वाधार पुगेको मेडिकल कलेज भएको भन्दै सम्बन्धन पाउनुपर्ने बताउँदै आएका छन् । 

Last modified on 2020-01-19 11:45:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts